प्रधानमन्त्री देउवाको तीन प्रतिवद्धताले लोसपा उत्साहित
१८ चैत, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टीलाई नागरिकता विधेयक अगाडि बढाउनेलगायत तीन विषयमा प्रतिवद्धता जनाएका छन् ।
प्रधानमन्त्री देउवाले लोसपाका नेताहरुसँग तीनवटा प्रतिवद्धता गरेको लोसपाको नेताको भनाई छ । लोसपा कार्यकारिणी सदस्य डा. सुरेन्द्र झाका अनुसार पहिलो बजेट अधिवेशनमा नागरिकता विधेयक पेश गर्ने, दोस्रो मुद्दा फिर्ताका बारेमा जानकारी लिन महान्यायधिवक्तालाई निर्देशन दिनु भएको झाको भनाई छ ।
भारत भ्रमणमा जानु अघि महन्थ ठाकुर नेतृत्वको लोसपाका शीर्ष नेतालाई वालुवाटारमा भेटघाट गरी मधेस आन्दोलनमा पक्राउ परेर जेल जीवन बिताइरहेका नेताहरुको मुद्दा फिर्तालगायतका विषयमा प्रतिवद्धता जनाएका हुन् ।
स्थानीय तहमा चुनावी गठबन्धनका बारेमा भारत भ्रमणवाट फर्केपछि पाँच दलीय गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिने तेस्रो प्रतिवद्धता जनाएको झाले जानकारी दिए ।