छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा, माओवादी केन्द्रका नेता जयप्रकाश यादवले उम्मेदवारी दिने स्वघोषण
१८ चैत्र २०७८
सप्तरी,छिन्नमस्ताः । छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका नेता जयप्रकाश यादवले आफु उम्मेदवारी दिने स्वघोषण गरेका छन् । नेता यादवले आज नेता गाउँपालिका स्तरिय नेताकार्य कर्ता बीच उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मातृका प्रसाद यादव निकट रहेका यादव अध्यक्ष पदका लागी उम्मेदवारी हुने नेता जयप्रकाश यादवले बताए।
७५३ वटा पालिकाहरूमध्येकै स्वघोषित पहिलो उम्मेदवारी भएको माओवादी केन्द्र नेता यादवले दाबी गरेका छन् । छिन्नमस्ता गाउँपालिकामा माओवादी केन्द्रका नेता यादवको सामाजिक छवि उच्च भएका स्थानिय माओवादी नेता कार्यकर्ताको भनाई छ ।
जयप्रकाश यादवले २०७४ को स्थानीय निर्वाचनमा पनि विभिन्न रस्सकस्सिका माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष पदमा भिडेका थिए तर, बावुरामको नयाँशक्तिपार्टीसँग हारको सामना गर्नुपरेका थिए ।
यादव विद्दार्थी राजनितिबाट राजनिति जिवन सुरुगरेका थिए भने स्थानियमा कृषि, पर्यटन, वेरोजगारीको विषयलाई विषेश प्राथमिकता राख्ने त्यस्तै जातपात भेट्भावको विरुद्धमा र स्थानिय वासीन्दाको समग्र विकासमा मेरो उम्मेदवारी हुने बताए ।