१८ चैत्र २०७८
राजविराज।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा सप्तरी जिल्लामा एकै दिन चार वटा सडक योजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । राजविराज नगरपालिका वडा नम्बर–१० स्थित दिघबामा आईतवार बिहान ८ बजे बिरौल– डुमरी– भरुवा –झल्हीफर्सेठ– सिगियौंन– तिलाठी– चट्टी टोल– लोखरम– लालापट्टी सडकको शिलान्यास गरिने भएको छ । उक्त सडकको कूल बजेट ५४ करोड ८९ लाख ५६ हजार ३ सय ७६ रुपैयाँ ३८ पैसा रहेकोमा छ ।
यसैगरी महदेवा गाउँपालिका वडा नम्बर–१ पकरीदेखि– सोनरा– तोपा हुदैँ राजविराज वडा नम्बर १५ मुसहरनियाँ हुदै विषहरिया– सकरपुरा, रम्पुरा डलवासम्मको सडक समेत आइतबारै शिलान्यास गरिने कार्यक्रम रहेको छ र्।े सडक ३१ करोड ३८ लाख ८७ हजार १ सय १८ रुपैयाँ ५६ पैसामा निर्माण गर्ने सम्झौता रमण जे.एस. आइभी कन्सट्रक्सनसँग भएको छ ।
यो सडक खण्डको शिलान्यास विहान १० बजे तोपामा गरिने कार्यक्रम रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादवका स्वकीय सचिव अशोक कुमार यादवले जानकारी दिएका छन् ।
सडकको कूल बजेट कर ५४ करोड ६३ लाख हजार ७ सय ५१ रुपैयाँ रहेकोमा रमण जे।एस। आइभी कन्सट्रक्सनले ३१ करोड २४ लाख ८ हजार ३ सय २४ रुपैयाँ २८ पैसामा निर्माण गर्ने जिम्मा पाएको छ ।
यस्तै संघीय सरकारको रणनीतिक सडक अन्तर्गत कूल बजेट २५ करोडको लागतमा सप्तरीको भारदह– डाढा, पकरी सडकको शिलान्यकाास समेत आइतबारै २ बजे भारदहमा गरिने कार्यक्रम तय भएको छ । राजविराजदेखि भारदहसम्म दुुई लेनको रुपमा विकास गरिने कार्यको समेत शिलान्यास गरिने जनाईएको छ ।
संघीय सरकार र प्रदेश सरकारको अनुुदान अन्तर्गत निर्माण हुुने उक्त सडकको शिलान्यास कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुु कुमारी यादव, मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रिय सभा सदस्य एवम् पूर्व मन्त्री मृगेन्द्र सिंह यादव, प्रदेश सांसद मनिष कुमार सुुमनलगायतका नेताहरु समेत सहभागी हुने कार्यक्रम रहेको मधेश प्रदेश सदस्य किशोर कुमार यादवले जानकारी दिएको छ ।