काठमाडौं, चैत २० । नेकपा (एमाले)ले देशभरका कम्युनिष्ट नेताल, ज्येष्ठ तथा वरिष्ठ व्यक्तिलाई आगामी वैशाख ९ गते सम्मान गर्ने भएको छ ।
विभिन्न आन्दोलनमा योगदान गरेका नेताहरूलाई पनि सो दिन हरेक पालिकास्तरमै सम्मान गरिनेछ । विसं २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा नेकपा स्थापना भएको थियो ।
एमालेले नेकपा पार्टी स्थापनाको दिन पारेर सम्मान कार्यक्रम तय गरेको हो । चैत ९ र १० गते भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको सो निर्णय थियो ।