वीरगञ्ज २० चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्वाभिमान यात्रा वीरगञ्जमा गरेको छ। अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताले वीरगञ्जको विभन्न ठाउँको परिक्रमागरि नेता कार्यकर्ता विच स्वाभिमान यात्रा गरेका छन् ।
गाडी र मोटरसाइकलमा चढेर नेताकार्यकर्ताले नगर परिक्रमा गरेका थिए। लोसपाले स्वाभिमान यात्रालाई शक्ति प्रदर्शनका रूपमा लिएको थियो। नगर परिक्रमापछि उनीहरूले हलमा कोणसभा गरेका थिए।
स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा लोसपाले शनिबार वीरगञ्जमा स्वाभिमान यात्रा गरेको हो। अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र अनिलकुमार झाले गाडीमा चढेर वीरगञ्जका जनतालाई अभिवादन गरेका थिए।