राजविराज २० चैत्र।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा सप्तरी जिल्लामा एकै दिन चार वटा सडक योजनाको शिलान्यास गरेका छन् । राजविराज नगरपालिका वडा नम्बर–१० स्थित दिघबामा आईतवार बिहान ८ बजे बिरौल– डुमरी– भरुवा –झल्हीफर्सेठ– सिगियौंन– तिलाठी– चट्टी टोल– लोखरम– लालापट्टी सडकको शिलान्यास भएको छ ।
यसैगरी महदेवा गाउँपालिका वडा नम्बर–१ पकरीदेखि– सोनरा– तोपा हुदैँ राजविराज वडा नम्बर १५ मुसहरनियाँ हुदै विषहरिया– सकरपुरा, रम्पुरा डलवासम्मको सडक समेत आइतबारै शिलान्यास गरेका छन । शिलान्यास विहान १० बजे तोपामा अध्यक्ष यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादव सहितका सरकारी टोली विच भएको छ ।
संघीय सरकार र प्रदेश सरकारको अनुुदान अन्तर्गत निर्माण हुुने उक्त सडकको शिलान्यास कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुु कुमारी यादव, मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रिय सभा सदस्य एवम् पूर्व मन्त्री मृगेन्द्र सिंह यादव, प्रदेश सांसद मनिष कुमार सुुमन लगायतका नेताहरु सहभागी थिए ।