चैत्र २१, सप्तरी ।
राजविराज नगरपालिका वडा नंः ५ मा रहेको पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा सोमबार शिलालेख उद्घाटन गरिएको छ । समाजसेवी तथा दाता परिवार सदस्य समरजीत सिंहले शिलालेख उद्घाटन गरेका हुन् ।
सोमबार विद्यालयमा भएको कार्यक्रममा आर्थिक बर्ष २०७८÷७९ फागुन मसान्त सम्मको विद्यालयको आयव्यय सार्बजनिक गर्नुका साथै जनप्रतिनिधि तथा दाताहरुलाई सम्मान पनि गरिएको छ ।
विद्यालयको प्राधानाध्यपक अरुण कुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी तथा दाता परिवार सदस्य समरजीत सिंहको प्रमुख अतिथि,विशेष अतिथिन नगरप्रमुख शम्भु यादव, सस्थापक सदस्य, वडाका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।
पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा सहयोग गर्नेको नाम सहितको शिलालेख राखियो
पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा सहयोग गर्नेको नाम सहितको शिलालेख राखियो

तपाईको प्रतिक्रिया