जनकपुरधाम । धनुषा मालपोत कार्यलयका प्रमुख ५ लाख रुपैया घुस लिदै पक्राउ परेका छन् ।
कार्यलय प्रमुख सुनिल झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले जनकपुरधामको भानु चोकबाट सोमबार बिहान पक्रेको हो ।
सेवाग्राहीसँग घुस वापत रकम लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जानकारी गराएका छन् । झाले एउटा मुद्दाको फैसला गराइदिने भन्दै रकम लिइरहेका थिए । उनलाई पक्रेर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।