सिरहा ।
टाईफाइड रोग विरुद्धको खोप अभियान सुरु भएसँगै बालवालिकाहरुलाई आज खोप दिएका छन् । सिरहा स्थित ह्यापि ल्याण्ड सेकेन्ड्रि विद्यालयका विद्यार्थीहरुले सोमबार खोप लगाएका हुन ।
टाईफाईड विरुद्धको खोप लगाउँदै ह्यापी ल्याण्ड सेकेन्ड्रिका विद्यार्थी
खोप अभियानमा १५ महिनादेखि १५ बर्ष मुनि उमेर समुहकाहरुलाई टाईफाईड रोग विरुद्धको खोप लगाईने स्वास्थ्य कार्यालयले जानकारी दिए । स्थानीय तहका वडा अन्तर्गतका विद्यालय तथा स्वास्थ्य संस्थामा कोप केन्द्र संचालन हुने जनाएको छ ।
आफ्ना बालबालिकालाई नछुट्याई टाइफाइड रोग विरुद्धको खोप लगाउन विद्यलयमा खटिएका स्वास्थ्य कर्मीले आग्रह समेत गरे । ह्यापी ल्याण्ड सेकेन्ड्रि विद्यालयका प्रधानाध्यापक दुर्गानन्द यादवले अभियानले टाईफाईड रोग निवारणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।