राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। ‘स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाऔँ, विकास र संमृद्धिको अभियान अघि बढाऔँ’ नाराका साथ जसपाले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो।
मधेसी, थारू, मुस्लिम, आदिबासीजनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पीरदलित, दूर्गमबासी, महिला, लैङ्गिक अल्पसंख्यकआदिको सम्मानजनक सहभागिता, प्रतिनिधित्व र साझेदारीलाई सुनिश्चित गर्ने, २०० सम्मको खानेपानी बिल निशुल्क गर्ने, आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न रू १० हजारको अनुदान दिनेलगायतका योजना जसपाले सार्वजनिक गरेको छ।
माध्यामिक तहसम्मको शिक्षा व्यवहारिक रूपमै निस्शुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ। यसैगरी जसपाले आफ्नो घोषणापत्रमा प्रत्येक वडामा ५० र नगरपालिकामा ५०० जना युवालाई रोजगारी दिने कार्यक्रम राखेको छ।