सप्तरीको छिन्नमस्ता गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
लोसपाबाट गाउँपालिका अध्यक्ष पदमा विद्यानन्द चौधरी र उपाध्यक्षमा उषा कुमारी मण्डलले मनोनयन दर्ता गराएका हुन् ।
चौधरी अघिल्लो स्थानीय तह निर्वाचनमा तात्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट वडा ३ को अध्यक्षमा समेत भिडेका थिए ।
अन्य उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराउने कार्य जारी रहेको छ ।