राजविराज । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभर १ लाख ३७ हजार भन्दा बढी जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७ हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् ।
देशभरका २ सय ९३ नगरपालिकामा ३ हजार २ सय ७६ जनाले नगरप्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर) पदमा २ हजार ९ जनाले मनोनयन दिएका छन् ।
स्थानीय तहका ३५ हजार २२१ पदमा यही वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको थियो । स्थानीय तहका ३५ हजार २ सय २१ पदमा यही वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको थियो ।
वडा अध्यक्षमा ८ हजार ३ सय ४ जना, महिला सदस्यमा ५ हजार ८ सय २, दलित महिला सदस्यमा ५ हजार ५ सय १, सदस्यमा ११ हजार ८ सय ८६ जनाको उम्मेदवारी परेको हो । सबभन्दा बढी मधेश प्रदेशबाट ३४ हजार ७ सय ४७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
विवरण थपिने क्रम जारी छ ।