मनोनयन तर्दाको अन्तिम दिन सोमबार साँझसम्म मेयरमा २६ र उपमेयरमा २५ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जनकपुरधामको मेयरमा सत्ता गठबन्धन दलको जसपाबाट निर्वतमान मेयर लालकिशोर साह, नेकपा एमालेबाट शिवशंकर साह हिरा, लोसपाबाट मनोज चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
जसपाको भागमा मेयर परेपछि मनोज साह काँग्रेसका नगर अध्यक्षसहित पार्टीबाट राजिनामा दिएर उम्मेदवारी दिएका हुन् ।
यस्तै तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट विभा ठाकुर, जनमत पार्टीबाट अनिता देवी साह, , नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्र, कांग्रेसका वागी उम्मेदवार मनोज साह, बलराम महतो, जानकीराम साह, बैधनाथ साहसहित छन् ।
उपमेयरमा सत्ता गठबन्धनबाट कांग्रेसका किशोरी साह, एमालेबाट रुना झा, लोसपाबाट निवर्तमान उपमेयर रिता कुमारी मिश्र, जनमत पार्टीबाट संतोष साह, नेपाल जनता पार्टीबाट बन्दना पाण्डे, स्वतन्त्रबाट सरोज मिश्र लगायत छन् ।
जनकपुरधाम उपमहानगरमा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य लगायत १ सय २७ पदका लागि ५ सय २९ जनाको उम्मेदवारी परेको छ ।