सप्तरी । सप्तरीको बोदे बरसाईन नगरपालिकामा मेयरमा ८ र उपमेयर पदका ७ लागि जम्मा १५ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जनता समाजवादी समाजवादी (जसपा), नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी , नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत पार्टी र स्वतन्त्रबाट उनीहरुले मनोनयन पत्र दर्ता गराएका छन ।
७ दल र एक स्वतन्त्र गरी मेयरका लागि ८ र उपमेयरका लागि ७ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कांग्रेसबाट मेयरमा दिपेन्द्र कुमार यादव, उपमेयरमा पुनिता कुमारी साह, जसपाबाट मेयरमा आतेशकुमार सिंह यादव, उपमेयरमा रेणुकुमारी साह, लोसपाबाट मेयरमा अमरेन्द्र प्रसाद यादव, उपमेयरमा ममता कुमारी साहले मनोनयन दर्ता गराएका हुन् ।
यस्तै, एमालेबाट मेयरमा अनोज कुमार यादव, उपमेयरमा कविता कुमारी साह, माओवादी केन्द्रबाट मेयरमा मो.इस्लाम मियाँ, उपमेयरमा शिला कुमारी यादव, एसबाट मेयरमा महेन्द्र प्रसाद यादव, उपमेयरमा पार्वतीदेवी चौधरी छ भने जनमत पार्टी (जपा)बाट मेयरमा थनेश्वर प्रसाद साह, उपमेयरमा मिनुदेवी यादव र स्वतन्त्रबाट मेयरमा बालेश्वर प्रसाद यादवले मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।