राजविराज । सप्तरीको छिन्नमस्ता गाँउपालिकामा पालिका प्रमुख र उपप्रमुखमा विभिन्न दलबाट उम्मेदवारी परेको छ । पालिका प्रमुखमा १२ वटा दलबाट र २ जना स्वतन्त्र उम्मेदवार रहेको छ, भने उपप्रमुखमा ११ वटा दलको र एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
नेपाली काँग्रेसबाट पालिका प्रमुखमा कुलानन्द यादव र उपप्रमुखमा प्रमिला साहले उम्मेदावी दर्ता गराएका छन् । नेकपा एमालेबाट पालिका प्रमुखमा दिपेन्द्र यादव (दिपु) र उपप्रमुखमा ललिता देवी मेहता, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा पदमा विनोद यादव र उपप्रमुखमा राजु देवी यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा जय प्रकाश यादव र उपप्रमुखमा शोभा देवी स्वर्णकार , लोसपाबाट प्रमुखमा विद्यानन्द चौधरी र उपप्रमुखमा उषा मण्डलले मनोनयन दर्ता गराएका छन् । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) बाट प्रमुख पदमा सत्यनारायण यादव र उपप्रमुखमा आशा देवी साहले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै जनमत पार्टीबाट प्रमुखमा भुवनेश्वर मण्डल अमात र उपप्रमुखमा शावित्रि देवी रायले उम्मेदवारी दर्ताका गराएका छन् । त्यस्तै गापा प्रमुखमा स्वतन्त्र उम्मेदवार संजय कुमार चौधरी र तेजनारायण मण्डलले उम्मेदवारी दिएका हुन् । यस्तै अन्य साना दलबाट पनि गापा प्रमुख, उपप्रम्ुखमा उम्मेदवारी परेका छ । विवरण यस प्रकार छ ।