राजविराज । निवर्तमान जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव (मनोज)ले गाउँपालिका अध्यक्ष पदको लागि टिम सहित उम्मेदवारी दिएका छन् ।
छिन्नमस्ता गाउँपालिकामा उम्मेदवारी दिएका यादवलाई लोसपाबाट टिकट नपाएपछि जनता प्रगतिशील पार्टीबाट आप्mनो उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दर्ताको पहिलो दिन निर्वाचन कार्यलय छिन्नमस्ता सखडामा यादवले टिम सहित उम्मेदवारी दिएका छन् ।
गाउँपालिका अध्यक्ष पदमा प्रभाकर यादव (मनोज), उपाध्यक्षमा बविता कुमारी साहले उम्मेदवारी दिएका छन् भने वडा नं. १ को वडा अध्यक्षमा चन्द्र नारायण यादव, वडा २ मा जगदीश मण्डल, वडा ३ मा शंकर मण्डल, वडा ४ मा दामोदर यादव, वडा ५ रासो दवी सदा, वडा ६ मा अमरनाथ मण्डल र वडा ७ मा प्रमिला देवी यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।