राजविराज । राजविराजको सडक, टोल, गल्लि, सडकको किनारमा झण्डा,पर्चा,पम्लेट लगायतका प्रचार सामाग्री राखेर उम्मेदवारहरुले निर्वाचन आचार संहिता उल्लंघन गरेको स्थानिय वासीको आरोप छ ।
राजविराज कुनौलि सडक, राजदेवी सडक, सखडा सडक खण्ड लगायतका विभिन्न ठाउँहरुमा विभिन्न दलका पर्चापम्लेटहरु राखेर निर्वाचन आचारसंहिता विपरित कार्य राजनिति दलहरुले खुल्लेआम गरिरहेको पाईएको छ ।
राजविराज—कुनौलि सडक
राजविराज—सखडा सडक
सखडाचौक
८ चैत ०७८ मा जारी राजपत्रको सूचनामा प्रकाशित आचार संहितामा ‘कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकको स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै पनि किसिमको डिजिटल बोर्ड, फलेक्स वा साइन बोर्ड राख्न वा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रर्दशन गर्न नहुने उल्येख गरिएको छ ।
राजविराज मात्र नभई सप्तरी जिल्लाको गाउँपालिकाहरुमा पनि निर्वाचन आचारसंहिता विपरित झण्डा, पर्चापम्लेटहरु राखिएको छ । यस तर्फ सम्बन्धित निकायको ध्यानजान आवश्यक देखिन्छ । निर्वाचन आचारसंहिता भित्र रहि स्थानिय तह निर्वाचनमा सभ्यभव्य रुपमा मतदान गर्नु सम्पूर्ण नागरिकको दायित्व हो ।