३० गते हुने स्थानिय तह निर्वाचनका लागि निर्वाचन आयोगबाट निर्वाचन चिन्ह पाए लगतै सप्तरीमा चुनावी सरगर्मी बढ्न थापलेका छन् ।
मतदाता रिझाउँन चुनावी मैदानमा रहेका विभिन्न राजनितिक दलहरुले रणनीति बनाएर जनतालको घर,खेतवाली सम्मै पुन्ग थाले ।
आ–आफ्नो चुनावी एजेण्डा लिएर उम्मैदवारहरु विहान देखि, विभिन्न साधन, मोटरसाईकल, साईकल, गाडी लिएर आ—आफ्नो पार्टीको चुनाव चिन्ह र पार्टीको झण्डा फहराउँदै समर्थक र कार्यकर्ता सँगै घरदैईलो गरिरहेका छन् । मधेशमा गर्मीसँगै चुनावी सरगर्मी पनि उतिकै पढ्न बढेको छ । चुनावी माहोल गर्म हुदै गर्दा बन्दै गर्दा मतदाताको पनि चासो बढ्दै गएको छ ।
सार्वजनिक ठाउँ, चिया पसल, होटेलसम्म चुनावी गफलाई नै जनताले बढि प्राथमिकतामा दिईरहेको छ । विशेष गरि उनिहरुले जनताको दैनिकस्तरोउन्नति गर्न सक्ने, मिलनसार, कर्मठ, दुरदृष्टि सोच भएकाले नै नेतृत्वमा आउँनुपर्नेमा जोड दिईरहेका हुन्छ । प्रमुख राजनीतिक दलका उम्मेदवारहरुले स्थानिय मुद्दा समेटेर घोषणा पत्र र प्रतिद्धता पत्र पनि तयार गरि मतदाताको घरमा पुर्याउने रातिसम्ममै देखिनछ ।
१८ स्थानिय तह रहेको जिल्लामा नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य गरि कुल ८ सय ५६ पदका लागि हुने निर्वाचनमा ३ हजार ३ सय २ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । कुल ४ लाख १२ हजार ४ सय ४२ मतदाता रहेको छ । सप्तरीमा निर्वाचनका लागि ५ सय ३६ मतदान केन्द्र कायम गरि धमाधम तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।