नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध सर्वोच्चमा रिट परेको छ। नेपाल प्रहरीका (एआइजी) विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका हुन्। उनले वारेसनामा मार्फत रिट पेस गरेका हुन्।
सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार पोखरेलको रिट पेस भएको र दर्ताका लागि रुजु भइरहेको छ।
सरकारले आइतबार प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको थियो। रिटमा वरिष्ठलाई छाडेर कनिष्ठलाई नियुक्ति गरिएकाले नियुक्ति बदर गर्न माग गरिएका हुन् ।
यता आज नवनियुक्त प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी)ले दर्ज्यानी चिह्न लगाएका छन् ।
आइतबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक धीरजप्रताप सिंहलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेसँगै सोमबार बिहान सिंहदरबारमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले अर्याल र सिंहलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । पत्रपत्रिका