राजविराज । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशभरबाट उम्मेदवारी दिएकामध्ये तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले दिएको जानकारी अनुसार निर्विरोध निर्वाचित हुनेमा नेकपा एमाले अगाडि रहेको छ।
एमालेका एक सय २३ उम्मेदवार र्निविरोध निर्वाचित भएका छन्। त्यस्तै कांग्रेसको एक सय एक, माओवादी केन्द्रको ५४ र नेकपा एकिकृत समाजवादीको ३४ उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्। नयाँपत्रिका