राजविराज । छिन्नमस्ता गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले छोरीको विवाहमा २५००० सम्म आर्थिक सहयोग गर्नेदेखि प्रसुति महिलालाई ५०० सम्म आर्थिक सहयोग गर्नेसम्मको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
लोसपाबाट अध्यक्षका उम्मेदवार विद्यानन्द चौधरीले आर्थिक रुपले विपन्न रहेका परिवारलाई छोरी विवाह गर्न समस्या हुने भएकोले आफूले जितेमा २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरे ।
यस्तै, छिन्नमस्ता भगवती मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन विशेष पहल गर्ने मंलगवार घोषण पत्र सार्वजनिक गरी जानकारी दिएका छन् ।
छिन्नमस्ता दर्शन गर्न आउनेका लागि सुविधा सम्पन्न धर्मशालाको निर्माण गर्ने, ज्येष्ठ नागरिक, एकल महिला, शारीरिक रुपले अशक्त व्यक्तिलाई घरमै कार्यालयको सेवा प्रवाह गराउने घोषणा पत्रमा उल्लेख छ ।