नेपाल बहुधार्मिक, बहुजाति, बहुभाषिक राष्ट्र हो सबै मिलेर देशलाई अगाडि बढाउनु पर्छ , त्यसैले आसन्न स्थानिय तह निर्वाचनमा मन्दिरमा चुनावी प्रचारप्रसार गर्न पाईदैन गृहमन्त्री बालकृष्ण खाँण नागरिक एक्सप्रेस अनलाईनसँग कुरा गर्दै बताउनुभयो ।
गृहमन्त्री खाँण बिहानै सप्तरीमा रहेको नेपालकै प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता मन्दिरमा पूजाआजा गरेपछि यस्तो बताउनु भएको छ । निर्वाचन सुरक्षाबारे आज बिहान ११ बजे राजविराजको आइगार्डेन होटलमा आयोजना हुने गोष्ठीमा मन्त्री खाँण सहभागी हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
छिन्नमस्ता आएका गृहमन्त्रिसँगै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्थानिय इलाका प्रहरी , सशस्त्र प्रहरीहरुको उपस्थिति रहेको थियो । साथै जिल्लाका नेता, स्थानिय नेताहरुसँग पनि विशेष छलफल गरेका थिए ।