राजविराज । राजविराज नगरपालिका वडा ११ का वडाका एमालेका अध्यक्षपदका उम्मेदवारले आप्mनो घोषण पत्र सार्वजनिक गरेका छन् ।
वडामा २ हजार कृषकलाई कृषिमा प्रयोग हुने पम्प फ्रीमा दिने, वडाका ७ स्थानमा फ्री वाईफाईका साथै ३ वर्ष भित्र धुलोमुक्त वडा बनाउने घोषण पत्रमा उल्लेख गरिएको छ । ११ नम्बर वडाका अध्यक्ष पदका उम्मेदवार उपेन्द्र प्रसाद यादवका अनुसार यस वडा भित्र रहेका समस्या नै मेरो चुनावी एजेण्डा पनि हुन् ।
उनका अनुसार ३ दशको अनुभवले वडाभित्र रहेका समस्यालाई जरैदेखि निर्मुल पार्दै जनताको सेवा २४ सैं घण्डा समर्पित रह्ने बताए । घोषण पत्र सार्वजनिक पछि घरदैलो कार्यक्रम थप हौसलाका साथ लाग्ने यादवको भनाई छ ।
यसरी हुन्छ मधेशमा घरदैलो ।