सत्तारूढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिस्पर्धी केपी शर्मा ओली र नेकपा (एमाले) पार्टी भएको बताएका छन् ।
बिहीबार चितवनको भरतपुर महानगरपालिकामा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा बोल्दै उनले गठबन्धनको औचित्यका बारेमा प्रष्टाए ।
उनले नेकपा (माओवादी केन्द्र) र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको प्रतिस्पर्धी नभएको भन्दै एमाले र ओली प्रवृत्ति कांग्रेसको प्रतिस्पर्धी भएको जिकिर समेत गरे ।