राजविराज । छिन्नमस्ता गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र जारी गर्दै गाउँपालिका अध्यक्षका उम्मेदवार कुलानन्द यादवले घोषणपत्र कार्यान्वयन नभए निर्वाचित भएपछि पनि पदबाट राजीनामा दिने उदघोष गरे ।
उनले आफूलाई जनताले पालिका अध्यक्षको जिम्मेवारी दिए घोषणापत्रमा उल्लेख गरिएका सबै बुँदा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । गुणस्तरीय शिक्षाका लागि शिक्षकको व्यवस्था, कृषिमा रहने कुल बजेट भन्दा थप रकम दिने घोषण गरेका छन् ।
त्यस्तै, पालिकाबाट शिक्षामा लगानी गर्ने, जनतालाई सहज स्वास्थ्य सुविधा दिन उच्च रक्तचाप, मधुमेह, थाइरोइड जस्ता रोगको औषधि पालिकाबाट निःशुल्क वितरण गर्ने काँग्रेसका गाउँपालिका सभापति समेत रहेका यादवले प्रतिबद्धता गरे ।
प्रत्येक घरधुरीमा स्वास्थ्य बिमाकार्ड जारी गरी तीन⁄तीन महिनामा अनिर्वाय स्वास्थ्य जाँच गराउने उनले बताए । आधुनिक खेतीका लागि खेतमा विद्युत सहितको सिंचाइ पुर्याउने र सरकारी जग्गमा भूमिहीनका लागि नमुना बस्ती बनाउने उद्घोष गरे ।