वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी सङ्ख्यामा मधेस प्रदेशमा उम्मेदवारी परेको हो। निर्वाचन आयोगका तथ्याङ अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ४० हजार ९ सय २४ उम्मेदवारी परेको छ।
अन्य प्रदेशमाभन्दा मधेस प्रदेशमा झण्डै दोब्बर उम्मेदवारी परेको छ । मधेस प्रदेशमा नगरपालिकाको प्रमुखमा एक हजार ४ सय २० जनाको उम्मेदवारी, उपप्रमुख ६ सय ३८, गाउँपालिकाका अध्यक्ष ८ सय ९३, उपाध्यक्ष ४ सय ७९ उम्मेदवारी छन। मधेसमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कूल १ सय ३६ स्थानीय तह छन् ।
सबैभन्दा कम गण्डकी प्रदेशमा उम्मेदवारी परेको छ। गण्डकी प्रदेशमा १२ हजार नौ जनाको उम्मेदवार परेको हो । गण्डकी प्रदेशमा एक महानगर, २६ नगर र ५८ गाउँपालिका गरी कूल ८५ स्थानीय तह छन् । मधेस प्रदेशपछि बागमती प्रदेश २२ हजार ६ सय ६५ जनाको उम्मेदवारी परेको छ।
तिमध्ये प्रमुखमा ५ सय १८, उपप्रमुख २ सय ९९, गाउँपालिकाका अध्यक्ष ५ सय १९, उपाध्यक्ष ३ सय २३ को उम्मेदवारी परेको हो । लुम्बिनी प्रदेशमा २२ हजार ४ सय २६, प्रदेश १ को २१ हजार ५ सय २२, सुदूरपश्चिम प्रदेशमा १२ हजार ८ सय ६८, कर्णाली १२ हजार ५ सय ९६, नगरप्रमुखमा पुरुष ३ हजार ९ जना र महिला २ सय २९, गाउँपालिका अध्यक्षमा पुरुष दुई हजार ९ सय ३७ र महिला १ सय १५, नगरको उपप्रमुखमा पुरुष ५ सय ३० र महिला एक हजार ४ सय ३४ तथा गाउँपालिका उपाध्यक्षमा पुरुष ५ सय २० र महिला एक हजार ६ सय ४३ को उम्मेदवारी परेको आयोगले जनाएको छ।
कूल ३५ हजार २ सय २१ पदमा एक लाख ४५ हजार एक जनाको उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन्। निर्वाचनका लागि आयोगले मतपत्र सबै मतदान केन्द्रमा पठाइसकको जनाएको छ । आगामी शुक्रबार देशभर ७ सय ५३ स्थानीय तहमा एकै पटक निर्वाचन हुँदैछ । १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र रहेका छन्। निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदानमा सहभागी हुनेछन्।