प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुने चेतावनी दिएको छ ।
शनिबार पाँच दलीय गठबन्धनले जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध नबोल्न खुल्ला रुपमा सचेत गराएका हुन्। ‘गठबन्धनविरुद्ध उम्मेदवारी दिने र बोल्नेका लागि पार्टीमा कुनै स्थान छैन’, देउवाले भने, ‘कारबाही गरेर निकाल्छौं।’