नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसले गठबन्धनभित्र धोखा दिन थालेको अभिव्यक्ति दिएका छन् । आइतबार कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रचन्डले भने गठबन्धन दलको सहमति विपरित कांग्रेसले उम्मेदवारी दिन लगाएर धोखा दिएको बताए ।
नेपाली कांग्रेसको एक जना स्थानीय नेतासँग आफ्नो कुरा भएको बताउँदै उनले भने, ‘म र प्रधानमन्त्री शेरबहादुर देउवासँगै धनगढीमा आएका हौँ। उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्ने हुन्छ । हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु । हाम्रा लागि बेइमानी र षडन्त्र स्वीकार्य छैन पचण्डले भने’
गठबन्धन क्लियर नभएको बताउँदै उनले आफूहरुले गठबन्धनको मर्म अनुसार उम्मेदवारी दिएका उम्मेदवार र प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका आफ्ना उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन अपिल गरे । प्रतिगमनका विरुद्ध गठबन्धन गरे पनि त्यसको अर्थ सबै झुक्नै पर्छ भन्ने नरहेको उनले बताएका छन् ।