निर्वाचन आयोगले आचारसंहिता उलंघन गर्नेलाई तत्काल कारबाही गर्नसक्ने अधिकार समेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेका छन् ।
विभिन्न तुलनात्मक रुपमा संवेदनशील स्थानहरुमा त्यस्तो टोली परिचालन गरिएको आयोगले जनाएको छ । प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
मंगलबारको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने टोलीले निर्वाचनलाई असर नपर्ने गरी भिडियो छायांकन गर्न सक्ने र मौन अवधिमा आमसभा, कार्यशाला गोष्ठी, सम्मेलन, भोज भतेर, पैसा बाँड्ने काम भए नभएको हेर्नको लागि टोली गठन गरेका छन् ।
त्यस्तै सामाजिक सञ्जालमा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भएनभएको अनुगमन गरी उक्त कार्य भएको पाइएमा तत्काल कारबाही गरेर आयोगलाई जानकारी गराउने अधिकार दिइएको हो ।