जिल्ला प्रशासन कार्यलय सुनसरीले ४ गाउँपालिकामा पूर्ण निषेधाज्ञा र ३ पालिकामा आंशिक निषेधाज्ञाको आदेश जारी गरेका छन् ।
भारतीय सीमा जोडीएका भोक्राह नरसिंह, कोसी, हरिनगर र देवानगंजलाई विहिबार राती ८ बजेदेखी मतदानको दिन विहान ५ बजेसम्मको लागि पुर्ण निषेध घोषणा गरिएको छ । त्यस्तै इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३, दुहबी नगरपालिकाको १, ८ र ९ नम्बर र इनरुवा नगरपालिकाको ३, ९ र १० नम्बर वडामा निषेधाज्ञा जारि छ ।
निषेधाज्ञाको समयमा सुरक्षा निकायसंगको समन्वयमा मात्र घर बाहिर निस्किन पाइने जिल्ला प्रशासन कार्यलयले जनाएको छ । जिल्लाका सीमावर्ती क्षेत्रमा पर्ने पालिकाको सुरक्षालाई ध्यान दिएर निषेधाज्ञाको आदेश जारी गरेको जनाएको छ ।