राजविराज । सप्तरीको सबैजसजो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिएका छन् । जिल्लाका २ सय ९७ मतदानस्थलका ५ सय ३६ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यलय सप्तरीले जनाएको छ ।
सप्तरीमा २ सय ८ अतिसंवेदनशिल ८५ सम्वेदनशिल र ४ मतदान स्थल समान्य रहेको छ । जिल्लाको ९ नगरपालिका र ९ गाउँपालिकाको २ सय ९७ मतदान स्थलमा व्यवस्था गरिएको ५ सय ३६ मतदान केन्द्रका लागि ५ सय ३६ मतदान अधिकृति र सो संख्यामा सहायक मतदान अधिकृत खटिएका छन् ।
मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, मतदाता, नामावली लगायतका सबै समग्री लिएर मतदान केन्द्र तर्फ कर्मचारी खटिसकेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।
निर्वाचन सुरक्षित र मर्यादित बनाउँन प्रत्येक मतदान स्थललाई केन्द्रित गर्दै ७ सय नेपाली सेना, ६ सय सशस्त्र प्रहरी र १ हजार ५ सय ९४ नेपाल प्रहरी तथा २ हजार ९ सय ४८ म्यादी प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था मिलाएको जिल्ला सूरक्षा समितिका संयोजक एवम् जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
मतदानको लागि एक दिन मात्र शेष रहदा सुरक्षा र अन्य व्यवस्थापकिय तयारीलाई चुस्त पारिएको छ । जिल्लाका १८ स्थानिय तहमा ४ लाख १२ हजार ४ सय ४५ मतदाताले मतदान गर्ने छ । महिला १ लाख ९८ हजार ५ सय ३२, पुरुष २ लाख १३ हजार ८ सय ९२ र २१ अन्य मतदाताले मतदान गर्न पाउने छ ।
फोटोः देवानन्द चौधरी