गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी नेपाल ९जसपा० को प्यानल नै विजयी भएका छन्।
यहाँ वडाध्यक्षसहित सबै सदस्य जसपाले जितेको छ। वडाध्यक्षमा कृष्णबहादुर परियार निर्वाचित भए । उनी ०७४ मा पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।
यो जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृह वडा हो । परियारले ६४८ मत ल्याएर वडाध्यक्ष जितेका हुन् भने कांग्रेसका उम्मेदवारले पाँच सय मत मात्र ल्याएका छन्।