जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवारको अग्रता कायमै रहेको छ ।
सुरुवाती समयदेखि नै अग्रता कायम गरेको मनोज साहले ९ सय ७९ मतको गणना हुँदा ३ सय २९ मत ल्याएका छन् । यस्तै पाँच दलिय गठबन्धनका उम्मेदवार लालकिशोर साहले ४८ मत मात्र ल्याएका छन् ।
नेकपा एमालेका शिवशंकर साह हिरा १ सय २५, स्वतन्त्र उम्मेदवार बलराम महतो ७५, लोसपाका मनोज चौधरी ५७, स्वतन्त्र उम्मेदवार जानकीराम साह ३४, जनमत पार्टीकी अनिता देवी साह १९, तमलोपाकी विभा ठाकुर ११ मत ल्याएकी छिन् ।
यस्तै उपमेयर तर्फ गठबन्धनका कांग्रेसबाट उम्मेदवार रहेका किशोरी साहले ३ सय ८६ मत ल्याएका छन् ।
यस्तै एमालेकी रुना झाले १ सय ४९, लोसपाकी निवर्तमान उपमेयर रिता कुमारी मिश्र ७६, निर्मल चौधरी ७२ मत ल्याएका छन् । जनकपुरधाममा मतगणना अहिलेपनि चलिरहेको छ ।