सप्तरीको शम्भुनाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । नगरपालिकामा १९३ वटा मतको गणना हुँदा कांग्रेसका दिपेन्द्र कुमार चौधरीले ५४ मत ल्याएका छन् । नेकपा एमालेका इनरदेव साह र जनता समाजवादी पार्टीका विनोद कुमार चौधरीले समान ४९ः४९ मत ल्याएको हो ।
नेकपा एसका जितेन्द्र प्रसाद गुप्ता कलवार २१, राप्रपाका उम्देश्वर प्रसाद साहुले ८ मत ल्याएका हुन् । १२ वटा मत भने बदर भएको हो ।