सप्तरी । अग्नीसाइर कृष्णसवरण गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)को दिनानाथ चौधरी विजयी भएका छन् । ४९ वर्षीय चौधरीको जित सँगै सप्तरीमा एमाको पालिका अध्यक्षमा पहिलो खाता खुलेको छ ।
कुल १२ हजार ४२५ खसेको मतमा चौधरीले ४ हजार ८७४ मत ल्याएका हुन् । उनले निवर्तमान गाउँपालिका अध्यक्ष परशुराम चौधरीलाई ८ हजार ५ सय ३७ मत अन्तरले पराजित गरेका छन् । परशुरामले ३ हजार ८ सय ८८ मतले हार स्विकारेका छन् ।
कांग्रेसका परशुराम चौधरी २०७४ को स्थानीय तहको निर्वाचनमा ३ हजार ३९५ मत ल्याई अध्यक्षमा निर्वाचित भएका थिए ।
अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको उपाध्यक्षमा भने कांग्रेसकी कल्पनाकुमारी चौधरीले जित हाँसिल गरेकी छिन् । कल्पनाले ४ हजार २१६ मत ल्याएर एमालेकी शैलेन्द्रीकुमारी लेखी थरुनीलाई पराजित गरेकी हुन् । एमालेकी थरुनीले ३ हजार ४५९ मत ल्याइन् ।
गाउँपालिका अध्यक्षसहित एमालेबाट वडा नम्बर १ मा सवजुल खलीफा र ५ मा सबदुल मियाँ वडा अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै, कांग्रेसबाट वडा नम्बर ३ मा गोपालप्रसाद चौधरी थारु, ४ मा तेजनारायण यादव र ६ मा अशोककुमार आचार्य वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
वडा नम्बर २ मा भने नेकपा ९माओवादी केन्द्र०का पशुपतिप्रसाद चौधरी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।