सप्तरी । विभिन्न १८ वटा स्थानीय तहमा मतगणना निर्वाचन भएको रातिदेखि नै जारी छ । निर्वाचन कार्यालय सप्तरीका अनुसार छिन्नमस्ता,तिरहुत, तिलाठी कोइलाडी, महादेवा गाउँपालिका, राजगढ गाउँपालिका, रुपनी गाउँपालिका, वलान–विहुल, विष्णुपुर गाउँपालिका मतगणनाको कार्य तिब्र गतिमा भईरहेको बताएका छन् । डाक्नेश्वरी, राजविराज , कञ्चनरुप, खडक नगरपालिका, बोदे बरसाइन, शम्भुनाथ, सप्तकोशी नगरपालिका, सुरुङ्गा, हनुमाननगर कङ्कालिनी नगरपालिका वडाहरुको मतपरिणम आएपनि नगरपालिकाको मतदाता बढि भएकोले अझ केहि समय लाग्ने भएको छ ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । एमालेका दिनानाथ चौधरीले ४ हजार ८७४ मत ल्याएर विजयी भएका छन् । उनका निकतटम प्रतिद्वन्दी निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार परशुराम चौधरीले ३ हजार ८ सय ८८ मत ल्याए । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी कल्पनाकुमारी चौधरीले ४ हजार २१६ मत ल्याएकी विजयी भएकी हुन् । कुल ६ वटा वडा रहेको सो पालिकामा ३ वटामा कांग्रेस, २ वटामा एमाले र एउटामा माओवादी केन्द्रले जितेका छन् । त्यस्तै सप्तकोशी नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । सम्पन्न मत गणनाको नतिजा अनुसार मेयर र उपमेयर दुवै पदमा कांग्रेसले जित हासिल गरेको हो । मेयरमा कृष्ण ढकालले ४ हजार ४६९ र उपमेयरमा रिताकुमारी चौधरीले ३ हजार ९५८ मत ल्याएर निर्वाचित भएका छन् । निर्वाचन कार्यलय सप्तरीका अनुसार पछिल्लो मतगणनाको मत परिणाम अनुसार २ वटा गाउँपालिका र ५५ वडाको परिणम आईसकेको छ । बाईटः रमेश कुमार जोशी , जिल्ला अधिकारी, निर्वाचन कार्यलय, सप्तरी
कार्यलयका अनुसार उम्मेदवारहरुको विभिन्न वहानाका कारणले गर्दा पनि मतगणनाको कार्यमा ढिलाई भईरहेको छ । पछिल्लो मतपरिणम अनुसारल दछिन्नमस्ता गापाको ४ हजार ३ सय ४१ मतपरिणाम अनुसार अध्यक्षमा लोसपाको ९ सय ९३ र मा.केन्द्रको ८ सय ३३ मत , तिरहुत गापामा अध्यक्षमा काँग्रेसको ३ हजार ३३, एमालेको २ हजार २ सय १०, तिलाठी कोइलाडीमा अध्यक्षमा काग्रेसको ३ हजार ६१, लोसपाको १८ सय ४०, महादेवा गाउँपालिका अध्यक्षमा २ हजार ७ सय ५८, काँगेसले १ हजार २ सय ४, राजगढ गाउँपालिकामा अध्यक्षपदमा जसपा २ हजार ५, एमालको ८ सय २५, रुपनी गाउँपालिका अध्यक्षमा लोसपाको १ सय, जसपाको ५७, वलान–विहुलमा एमालेका अध्यक्षलाई १ हजार १ सय ५१, जनमतको ९ सय ७४,विष्णुपुर गापा अध्यक्षमा जसपा १ हजार ८ सय ३२, काँग्रेसको १ हजार ६ सय ६४ रहेको छ ।
त्यस्तै नगरपालिको अहिले सम्मको मतपरिणाम हेर्दा राजविराज नपामा जसपाको मेयरलाई ४ हजार २ सय २२ काँग्रेसको मेयर, २ हजार ६ सय ४१, शम्भुनाथको मेयरपदका उम्मेदवारलाई एकिकृत समाजवादीलाई ३ हजार ८ सय १२, काँग्रेसलाई २ हजार ४ सय ५१, सुरुङ्गामा काँग्रेस ३ हजार सात सय ६३, एसलाई ३ हजार ३७ मतरहेको छ । त्यस्तै, हनुमान नगर कंकालनीमा जनमतका मेयरलाई ५ हजार ५ सय ८२, जसपा ४ हजार ८ सय ८२ , डाक्नेश्वरीमा एमालेका मेयरलाई १ हजार ९, जसपालाई ९ सय ८६, खडक नपामा माओवादी केन्द्रका मेयरमा १ हजार ९ सय ३५, जसपा १ हजार ७ सय ४, बोदे बरसाइनमा जसपाका मेयरलाई २ हजार ९० एमालेलाई १ हजार ८ सय २९ हाल सम्मको मतगणनाको परिणाम रहेको छ , भने गणनाको कार्यभईरहेको छ ।
सम्पन्न स्थानिय तहको निर्वाचनमा सप्तरीमा ६५ प्रतिशत भन्दा बढी मतदान भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । ९ नगरपालिका र ९ गाउँपालिकाका जनप्रतिनिधिका लागि भएको निर्वाचनमा ६५ प्रतिशत भन्दा बढीले मतदान मध्ये हाल सम्म् ३५ प्रतिशम मतगणनाको कार्य भईसको छ । स्थानिय तह निर्वाचन सम्म भएको ५ दिन भईसक्दा पनि सप्तरीमा प्रभावकारी रुपमा मतपरिणाम आईरहेको छैन् ।