स्थानिय तह निर्वाचनको मतपरिणाम अनुसार जसपाले हालसम्म सप्तरी सदरमुकाम राजविराजको १६ वडा मध्ये ६ वडामा जित हात पारेको छ भने नेकपा एमाले र लोसपाले एकएक वडा जितेका छन् । राजविराज जसपाले वडा १, २, ३, ४, ५ र १६ मा जित हासिल गरेको छ । त्यस्तै नेकपा एमाले र लोसपाले क्रमशः १४ र १५ वडामा जित हासिल गरेको हो ।
राजविराज वडा १ मा जसपाका चन्द्रशेखर चौधरीले ८ सय ३६ मत, वडा २ मा अरुणकुमार यादवले ६ सय ६५ मत, वडा ३ मा अनिल दासले ३ सय ३७ मत, वडा ४ मा दिनेश साह कसेराले ३ सय ११ मतले निर्वाचित भएका छन् भने वडा ५ मा बन्धु दासले ३ सय ९७ मत तथा वडा १६ मा रामएकवाल यादवले ३ सय ३८ मत प्राप्त गरि निर्वाचित भए ।
यस्तै वडा १४ मा नेकपा एमालेका जगदीश मण्डलले २ सय ४१ तथा वडा १५ मा लोसपाका ओमनारायण साहले ४ सय ६४ मत प्राप्त गरि निर्वाचित भए । निर्वाचित वडा अध्यक्ष मध्ये वडा १ का चन्द्रशेखर चौधरी र वडा २ का अरुणकुमार यादव दोश्रो पटक निर्वाचित भएका छन् ।