सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर सिके रावत नेतृत्वको जनमत पार्टीले जितेको छ । यो पार्टीबाट मेयर पदका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् ।
माझीले जसपाका उम्मेदवार एवं निवर्तमान मेयर शैलेश साहलाई १६१ मत अन्तरले पराजित गरेका हुन् । माझी ६ हजार ४०७ मत ल्याएर निर्वाचित हुँदा साहले ६ हजार २४६ मत प्राप्त गरे ।
साह २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी जसपामा थिए । हनुमानगर कंकालिनी जितसँगै जनमत पार्टीले आफ्नो जितको पहिलो खाता खोलेको छ ।
हनुमाननगर कंकालिनीमा ७ वडामा जसपा, ४ वडामा माओवादी केन्द्र, १ काँग्रेस र वडामा जनमत निर्वाचित भएका छन् । स्थानिय तह निर्वाचन २०७९ मा यो रोजक राजनितिक समिकरणले नगरपालिको आगामी कार्यकाल कुन रुप लेला भन्ने विषय अहिले सबैको चासोको विषय बनेको छ ।