सप्तरी । छिन्नमस्ता गाउँपालिका वडा २ को वडा अध्यक्ष पदमा जनमत पार्टीका सिकेन्द्र कुमार साह निर्वाचित भएका छन् ।
जनमतका उम्मेदवार साहले ३ सय ४० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार ढलाई मण्डलले ३ सय १ मत प्राप्त गरेका छन ।
जनमतबाट विजयी भएका साह २६ वर्षिय युवा हुन् । सिकेन्द्र साह छिन्नमस्ता मावि सखडाबाट एस.एल.सि. परिक्षा उतिर्ण गरेका छन् । भने उच्चशिक्षा सँगै गाउँमै व्यापार विजने गरेर करिव ५ वर्ष देखि समाजसेवा र राजनितिमा लागेका हुन् ।