शुभ नारायण यादव
सप्तरी । नेकपा माओवादी केन्द्रले सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर ३ को पुनः मतगणना गर्न माग गरेको छ ।
मतगणनाको क्रममा निर्वाचन अधिकृतले बलजफ्ती तरिकाबाट आफ्नो पार्टीका वडाअध्यक्षको उम्मेदवार भुवनेश्वर यादवलाई एक मतले पराजित गरी काँग्रेसका उम्मेदवारलाई विजयी घोषणा गरेको भन्दै माओवादीले पुनः मतगणनाको माग गरेको हो ।
‘‘मतगणनाको क्रममा हाम्रो वडाअध्यक्षमा उम्मेदवार तीन मतले अगाडी थियो”,माओवादी केन्द्रका केन्द्रीय सदस्य उमेश कुमार यादवले भन्नुभयो,‘‘ तर परिणाम घोषणा गर्दा एक मतले पराजित कसरी हुन सक्छ रु निर्वाचन अधिकृतले बलजफ्ती हाम्रो पार्टीलाई पराजित गरी काँग्रेस उम्मेदवारलाई विजयी घोषणा गरेको छ ।” जुन हाम्रो पार्टीलाई स्वीकार्य छैन्, उहाँको भनाई छ ।
आफुहरुले पटक पटक पुनः मतगणनाको माग गर्दै आएपनि निर्वाचन अधिकृतले पुनः मतगणना गर्न तयार नहुनु रहस्यमय रहेको भन्दै उहाँले आखिर पुनः मतगणना गर्न किन डराइ रहेको छ रु भनि प्रश्न समेत गर्नुभएको छ ।