छिन्नमस्ता गाँउपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका दाेस्राे कान्छाे अध्यक्षमा विद्यान्नद चौधरीको सपथ ग्रहनको केहि दृश्य ;
सप्तरी। सप्तरीको छिन्नमस्ता गाँउपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका दाेस्राे कान्छाे अध्यक्षमा विद्यान्नद चौधरी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी राजाे देवी यादव विजयी भएको छ ।
अध्यक्षमा २६ वर्षीय चौधरीले १ हजार १ सय २९ मतअन्तरले विजयी भएको छ भने उनका निकटतम प्रतिद्धन्दी जनता समाजवादी नेपालको सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी राजाे देवी यादवले २ हजार ४ सय ७२ मत ल्याएर विजयी भएकी छन।