सप्तरी । छिन्नमस्ता गाउँपालिकाको नव निर्वाचित जनप्रतिनिधिको सपथ तथा पदभार ग्रहण कार्यक्रम यहि जेष्ठ १२ गते बिहिबार हुने भएको छ ।
छिन्नमस्ता गाउँपालिकाको नव निर्वाचित पदाधिकारीहरुलाई गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले आगामी जेष्ठ १२ गते विहीवार सपत तथा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको जनाकारी दिए । यही १२ गते बिहान १० बजेदेखि गाउँपालिका भवनमा हुने नव निर्वाचित गापा अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।
अध्यक्ष चौधरीले उक्त पदभार कार्यक्रममा गाँउपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुका साथै सम्पूर्ण राजनितिक तहका प्रतिनिधि, निवर्तमान कार्य समितिका पदाधिकारी तथा जिल्लाका सम्पूर्ण सरोकारवाला निकायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका गरेका छन् ।
त्यस्तै विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संघ संस्थाका प्रतिनिधि , नेपाल पत्रकार महासंघका अध्यक्ष सम्पूर्ण पत्रकार, मानव अधिकारकर्मी साथै गाँउपालिकाका बुद्धिजीवी, समाजसेवी, ज्येष्ठ नागरिक समेतलाई उक्त कार्यक्रममा उपस्थितिका लागि आग्रह गरेका छन् ।