राजविराज । स्थानीय तह निर्वाचनअन्तर्गत सप्तरीको ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ पालिकाको परिणाम सार्वजनिक भइसकेको छ ।
सार्वजनिक भएको परिणाम अनुसार सप्तरीको कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, सुरुङ्गा नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र तिरहुत गाउँपालिकामा नेपाली कांग्रेसको उम्मेदवार प्रमुख÷अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
अग्निसाइर कृष्णा स्वरण गाउँपालिका, राजगढ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार प्रमुख÷अध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यस्तै, नेकपा माओवादीले खडक नगरपालिका, राष्ट्रिय जनता पार्टीले राजविराज नगरपालिका र विष्णुपर गाउँपालिका जितेका छन् भने जनमत पार्टीले हनुमाननगर कंकालिनी नगरपालिका र वलान विहुल गाउँपालिका जितेका छन् ।
नेकपा एकीकृत समाजवादी शम्भुनाथ नगरपालिका र लोकतान्त्रिक समाजवादी पार्टीले महादेवा गाउँपालिकामा जित हासिल गरेका छन् । त्यस्तै, सजपाले बोदे बरसाईन नगरपालिका, एमालेले डाक्नेश्वरी नरपालिका,लोसपाले छिन्नमस्ता गाउँपालिका र रुपनी गाउँपालिकामा जित हासिल गरेका छन् ।
सप्तरीमा प्रमुख,उपप्रमुखमा मिश्रित परिणाम
१८ पालिकाको सार्वजनिक भएको परिणाम अनुसार सप्तरीको कञ्चनरुप नगरपालिकामा नेपाली कांग्रेसकै ललनप्रसाद गुप्ता प्रमुख र उपप्रमुखमा कलपना चौधरी , सप्तकोशी नगरपालिकामा कृष्ण प्रसाद ढकाल प्रमुख र रिता कुमारी चौधरी , सुरुङ्गा नगरपालिका गीता चौधरी प्रमुख र रुद्रबहादुर कार्की निर्वाचित हुनुभएको छ ।
त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकामा अध्यक्ष अरुणकुमार मण्डल र फूल कुमारी साह, तिरहुत गाउँपालिका अध्यक्षमा विजयकुमार यादव र विणादेवी यादवनी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । अग्निसाइर कृष्णा स्वरण गाउँपालिका अध्यक्षमा एमालेका दिनानाथ चौधरी अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेका कल्पना कुमारी चौधरी, राजगढ गाउँपालिकामा नेकपा एमालेका अध्यक्षमा ओमप्रकाश मण्डल र उपाध्यक्षमा जसपाका रेणुदेवी मण्डल निर्वाचित हुनुभएको छ ।
त्यस्तै, खडक नगरपालिकामा नेकपा माओवादीबाट नगरप्रमुखमा जयप्रकाश चौधरी र उपप्रमुखमा जसपाका रिता कुमारी चौधरी निर्वाचित हुनुभएको छ । राजविराज नगरपालिकामा जनता समाजवादी पार्टीबाट प्रमुखमा भिमराज यादव र उपप्रमुखमा इसरत प्रविन निर्वाचित भएका हुन् ।
्
यसैगरी विष्णुपर गाउँपालिकामा जसपाका उमेशप्रसाद यावद र नेपाली कांग्रेसका रेणु कुमारी यादव निर्वाचित हुनुभएको छ । त्यस्तै, हनुमाननगर कंकालिनी नगरपालिकामा नजमत पार्टीका वीरेन्द्र माझी र जसपाका सरिता सिपलिया, वलान विहुल गाउँपालिकामा जनमतका खेमचन्द्र यादव अध्यक्ष र जनमतकै रेणु यादव उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
शम्भुनाथ नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा जितेन्द्रप्रसाद गुप्ता कलवार र उप प्रमुखमा अनिता कुमारी चौधरी सोही पार्टीका निर्वाचित हुनुभएको छ । महादेवा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका सुनिलकुमार मण्डल अध्यक्ष र सोही पार्टीका अर्चाना कुमारी यादव विजयी भए । बोदे बरसाइन नगरपालिकाको प्रमुखमा आतेशकुमार सिंहं र उपप्रमुखमा रेणुकुमारी साह दुवै पदमा जनता समाजवादी पार्टी निर्वाचित भएको छ ।
डाक्नेश्वरी नगरपालिकामा प्रमुख पदमा नेकपा(एमाले)को रामलखन मुखिया (मलाह) र उपप्रमुख पदमा एमालेकै मिरा कुमारीयादव निर्वाचित हुनु भएको छ । यसै गरी रुपनी गाँउपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अध्यक्षमा दिनेश कुमार यादव र उपाध्यक्षमा पुष्पा श्रेष्ठ लौगी बिजय हासिल गरेका छ्न ।
त्यस्तै छिन्नमस्ता गाँउपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्षमा विद्यान्नद चौधरी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी राजो देवी यादव विजयी भएको छ ।