सप्तरी । सप्तरीको १८ वटै पालिकाको अन्तिम परिणाम आइतबार सार्वजनिक भएको छ । प्राप्त अन्तिम परिणाम अनुसार पाँच पालिकासहित काँग्रेस पहिलो स्थान हासिल गरेको छ । त्यस्तै एमाले, जसपा र लोसपाले तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसले एक÷एक पालिकामा जित हासिल गरेको छ ।
सार्वजनिक परिणााम अनुसार जिल्लामा नेपाली काग्रेसले ३ नगरपालिका सहित ५ पालिका जितेर पहिलो स्थान हासिल गरेको हो । यस्तै जसपाले २ नगरपालिकासहित ३ पालिका, एमालेले १ नगरपालिका सहित ३ पालिका तथा लोसपाले ३ गाउँपालिकाको प्रमु्ख पदमा जीतेका छन् ।
यस्तै जनमत पार्टीले १ नगरपालिका सहित २ वडा तथा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समावादीले १÷१ नगरपालिकामा जित हासिल गरेको छ । नेपाली काँग्रेसले सप्तकोशी नपा, कंचनरुप नपा, सुरुङ्गा नपा, तिरहुत गापा र तलाठी कोइलाडी गापामा आफ्नो जित हासिल गरेका छन् ।
त्यस्तै जसपाले राजविराज नपा, विष्णुपुर गापा र बोदेबरसाइन नपा, नेकपा एमाले डाक्नेश्वरी नपा, अग्निसाइर कृष्णासवरण गापा र राजगढ गापा, लोसपा महादेवा गापा, छिन्नमस्ता गापा र रुपनी गापा,
जनमतले हनुमाननगर कंकालिनी नपा र बलानबिहुल गापा, माओवादी केन्द्रले खडक नपा तथा नेकपा एसले शम्भुनाथ नपामा जित हासिल गरेको हो ।
आईतवार घोषित अन्तिम परिणाम अनुसार डाक्नेश्वरी नगरपालिकाको मेयर उपमेयर दुबै पद एमालेले तथा रुपनी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद लोसपाले जितेको छ ।
यस्तै छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पद लोसपाले तथा उपाध्यक्ष पद माओवादी केन्द्रले हात पारेको छ ।
पत्रपत्रिका