नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जेठ २० गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्चुअल बैठक बस्ने नेता गिरिराजमणि पोखरेलले जानकारी गराए ।
जेठ १८ र १९ गते देशैभरका स्थानीय तहका प्रमुख÷उपप्रमुखलाई प्रशिक्षण दिने पोखरेलले बताए । उनका अनुसार प्रशिक्षण सकिएलगतै केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनका विषयमा समीक्षा गर्ने बताएका छन् ।
केन्द्रीय समिति बैठकबाट अपूर्ण केन्द्रीय समितिले पूर्णता दिनुका साथै पदाधिकारीको समेत टुंगो लाग्ने बताएको छ।