सप्तरी । छिन्नमस्ता गाउँपालिका भित्ररहेका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराईने भएको छ । विहिवार भएको गाउँपालिकाका नवनिर्वाचित अध्यक्षसहित जनप्रतिनिधिको शपथ ग्रहण र पदस्थापनमा अध्यक्ष विद्यानन्द चौधरीले आप्mनो पहिलो निर्णय गरेका हुन् ।
पदभारका क्रममा अध्यक्ष चौधरीले नागरिक एक्सप्रेसले गरिहेको प्रत्यक्ष प्रसारणका समयमा गापाभित्र रहेका सम्पूर्ण विद्यालयलाई अंग्रेजी माध्यममा पढाईने पदभार पछिको पहिलो निर्णय गरेका हुन् । त्यस्तै मधेशका जिल्लामा डोम समुदायलाई अहिले पनि सबैभन्दा तल्लो दर्जामा राख्दै छुवाछुत मान्ने गरिन्छ । तर, जनप्रतिनिधिको पदस्थापन कार्यक्रमका प्रमुख अतिथि डोम समुदायकी एक महिलालाई नै बनाइयो ।
कार्यक्रमका प्रमुख अतिथि ५५ वर्षीया राजोदेवी मरिकलाई बनाईएको थियो । गाउँपालिकाको वडा नम्बर ३ निवासी मरिक डोम समुदायकी एकल महिला हुन् । पानसमा दियो बालेर उनले शपथ तथा पदस्थापन कार्यक्रमको उद्घाटन गरिन् ।
चौधरीले समाजमा कायम रहेको छुवाछुतको भावनालाई तोड्न डोम समुदायकी एकल महिलालाई प्रमुख अतिथि बनाएको बताए । अध्यक्ष चौधरीले निर्वाचनअघि आफूले गरेका हरेक घोषणा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै यसमा सहयोग गर्न सबैसँग आग्रह गरे ।
कार्यक्रममा पण्डित र मौलानाबाट पूजा गराउँदै अध्यक्ष विद्यानन्द चौधरी र उपाध्यक्ष राजो देवी यादवले आफ्नो पदभार ग्रहरण गरेका छन् । पदस्थापन ग्रहण गर्ने क्रममा हिन्दू समुदायका पण्डित र मुस्लिम समुदायका मौलानाबाट पूजा गराएका छन् ।
छिन्नमस्ता मन्दिरका पिठाधीश महाकान्त ठाकुर नेतृत्वमा रहेका पूजारी तथा मोहम्मद अब्दुल अजिज साहेबको नेतृत्वमा रहेका मौलानाले आ–आफ्नो धार्मिक चलन अनुसार अध्यक्ष, उपाध्यक्षलाई पदस्थापन गराए । यसले धार्मिक सहिष्णुता कायम हुने विश्वास आफूलाई रहेको अध्यक्ष चौधरीले बताए ।
प्रत्यक्ष प्रसारणको लिंक तल दिईएको छ ।
https://fb.watch/df-1_m–V3/