सप्तरी । सहमतिमै कुनैपनि कामलाई अगाडि बढाईने वडा अध्यक्ष सुर्य नारायण यादव(गजानन्द)ले आप्mनो पहिलो वक्तव्य राखेका छन् ।
आज(शुक्रवार) छिन्नमस्ता गाउँपालिका वडा नं. ४ का नव निर्वाचित वडाअध्यक्षको पदस्थापना कार्यक्रममा यादवले यस्तो वक्तव्य राखेका हुन् ।
अध्यक्ष यादवका अनुसार वडा भित्र हुने विकासिय वा अन्य कुनै पनि कामका लागि स्थानियहरुको रायसल्लाह लिई मात्र अगाडि बढाईने बताए ।
पदस्थापन कार्यक्रममा प्रमुख अतिथि छिन्नमस्ता गाउँपालिकाका उपाअध्यक्ष राजो देवी यादव लगायत गाउँपालिका कर्मचारी, शिक्षक, स्वस्थ्यकर्मी, स्थानिय बुद्धिजिवि, विभिन्न राजनितिकदलका प्रतिनिधि, नागरिक समाजको उपस्थिति रहेको थियो ।