सप्तरी । डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख र उपप्रमुखले सपथ तथा पदभार ग्रहण गरेका छ्न। शुक्रवार भएको सपथ तथा पदभार कार्यक्रममा नगर प्रमुख रामलखन मलाहले सबै राजनीतिक दलको सहकार्य र सुझाव लिएर कामकारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छ्न।
डाक्नेश्वरी नगरवासीले विश्वास गरि मलाई निर्वाचित गरेकाले जनअपेक्षा विपरीत काम नगर्ने अठोट लिएको बताएका छ्न। शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि क्षेत्रमा कानुन बनाइ गुणात्मक परिवर्तन गर्ने विश्वास दिलाएका छ्न् ।
त्यसैगरी नगर उपप्रमुख यादवले आफू नगरको समग्र विकासका निमित्त कार्यरत रह्ने बताएकी छिन।कुनै किसिमको पक्षपात नगरी जनताको हकहितलाई केन्द्र बिन्दुमा राखी कार्य गर्न प्रतिबद्ध रहेको बताएकी छिन। न्याय सम्पादन र बिकासिय कार्यको अनुगमन स्वच्छ,पारदर्शी ढंगले गर्ने बताएकी छिन।
पालिकाको सभाहलमा नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित वडाअध्यक्ष र सदस्यहरुको सपथ ग्रहण समारोह पश्चात् नगरका नवनिर्वाचित नगरपालिकाका प्रमुख रामलखन मलाह र उपप्रमुख मिरा कुमारी यादवले कार्यकक्षमा पदभार ग्रहण गरेका हुन।
भिडियो हेर्न यो लिंकमा जानुहोस् ।