शुभ नारायण यादव ,सप्तरी । राजबिराज नगरपालिका वडा नं. १२ का नव निर्वाचित वडाअध्यक्ष रामचन्द्र यादव (चन्दर)ले पाच वर्ष भित्र वडालाइ नमुना वडा बनाउने प्रतिबद्धता जनाएका छन्।
वडाअध्यक्ष यादवले एक समारोहबीच पदभार ग्रहण गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले वडामा रहेका सामुदायिक विघालयहरुको नियमित अनुगमन गरि गुणस्तरीय शिक्षाका साथै स्वास्थ्य ,कृषिमा आमुल परिवर्तन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्।
यस्तै वडाका बेरोजगार युवा तथा दलित ,विपन्नहरुका लागि विभिन्न सिपमुलक तालिम सन्चालन गरि रोजगारमुखि समेत बनाउने प्रतिबद्धता जनाएका छन । वडाअध्यक्ष चन्दरले सम्पूर्ण वडा सदस्यहरू द्वारा कार्यभार समारोह कार्यक्रममा वडाबासिहरुको उपस्थितिमा भब्यता को साथ मनाइएको छ ।
उक्त वडा कार्यालयको पदभार समारोहमा प्रमुख अतिथि राजबिराज नगरपालिका नव निर्वाचित नगर प्रमुख भिम राज यादव , बिशिष्ट अतिथिमा नेकपा (एस)का राजबिराज नगरपालिकाका प्रत्याशी मेयर उम्मेदवार नथुनि दास , राजबिराज नगर पालिकाका प्रमुख प्रसाशकिय अधिकृत भोगेन्द्र यादवको उपस्थिति रहेको थियो ।
त्यस्तै नेकपा (एस)का जिल्ला अध्यक्ष प्रताप चौधरी लगायतका समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी , विभिन्न पार्टीका नेता गणहरू , युवाहरुका साथै वडाका आम जनताहरूले अध्यक्ष , सदस्यलाई फुल मल्ला अविर लगाएर बधाईका साथै कार्यकालको शुभकामना समेत ब्यक्त गरेका छन ।
उक्त कार्यक्रममा मधेसी विर सहिदहरुलाई फुल मला चढाई संमान पनि गरिएको थियो ।