सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरेको छ। आगामी आर्थिक वर्ष ०७९्।८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुको तलबमा १५ प्रतिशत वृद्धि भएको जानकारी दिएका हुन्।
बढेको तलब साउन १ गतेदेखि नै लागू हुनेछ। सरकारले महंगी भत्तालाई पनि निरन्तर दिएको उल्लेख गरेको छ। सरकारी कर्मचारीअन्तर्गत यसअघि प्राप्त गरेको तलब अनुसार त्यसमा १५ प्रतिशतका हिसाबले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका कर्मचारीको तलब वृद्धि भएको छ ।
त्यस्तै विभिन्न तहका शिक्षकलगायतका कर्मचारीको पनि १५ प्रतिशतका हिसाबले तलब वृद्धि भएको छ। त्यस्तै स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका श्रेणी अनुसारका कर्मचारीको पनि १५ प्रतिशतका हिसाबले तलबमा वृद्धि भएको छ।